Saturday, August 17, 2013

जय प्याज !!! [ आफ्नै गफ ]


मान्छे अनि जनावरहरु विभिन्ऩ कारणले चर्चामा आएको त सुनेको थिए । तर तरकारीको जातमा पर्ने प्याज , भाउ बढेकै कारण यति चर्चित भको देख्दा मेरो स्वर्गीय हजुरबुवाको भनाई मलाई एकचोटि फेरी याद आयो : "बाँच्नु मात्र पर्छ बाबु के के देख्न सुन्न र भोग्न पाईन्छ ।"



हुन त हजुरबुवालाई सम्जिदै प्याज को कुरा गर्दा उहाँले सपनामै भएनि मलाई एक थप्पड हान्ऩ बेर लगाउनु हुन्ऩ होला किनभने उहाँको एउटै भनाई थ्यो "बाहुनले प्याज खान त के नाम लिदा नि पाप लाग्छ ।"

एकदुई दिन यता समाचार , पत्रिका र विषेस गरी सामाजिक सन्जाल फेसबुकमा प्याज सम्बन्धि धेरै नै कुराहरु पढ्न र सुन्न पाएँ मैले । "पहिले प्याज काट्दा आँशु झर्थ्यो अहिले किन्दा नै झर्न थाल्यो" भन्ऩे समाचार पढेको थिए । त्यसपछि त यति धेरै प्याजको बखान पढ्न पाएँ कि अब त मेरो घरमा एक किलो प्याज छ भनेर गमक्क पर्न थालेको मान्छे भेटिन्छ कि जस्तो लाग्न थालेको छ

अब त छोरा छोरीको लागी केटा/केटी खोज्दैछन् कुनै परिवारले भने केटा वा केटी कतिको खान्दानी हो भनेर पत्ता लगाउन सजिलो भा'छ रे । तरकारी किन्दा प्याज किन्छ कि किन्दैन र किन्यो भने कति किन्छ तेती हेरे पुग्छ रे । अनि आफ्नो प्रेमि वा प्रेमिका धनि कि गरिब थाहा पाउन उस्को मुखबाट प्याजको गन्ध आँउछ कि आँउदैन बिचार गर्नु रे ।
कसैलाई महङ्गो उपहार दिन मन लागे प्याज दिदाँ हुने रे ।

यस्ता यस्ता कुरा पढ्दा मेरो मनमा के कुरा आयो भने बिकसित देशमा आफ्नो औकात मर्सिडिज कार ,रोलेक्स घडि ,आलिसान घर आदि किन्दा बड्छ भने नेपालमा प्याज किन्दा ।

त्यसैले त भन्ऩ मनलाग्यो जय प्याज !!!!