Saturday, August 17, 2013

यात्रा अनुभव [आफ्नै अनुभब ]

एउटा अचम्मखालको दृश्य आज देखेँ । अचम्म यस
कारणले थियो , कि त्यो घटना घट्न
पछाडीको दोषि को थियो , त्यो छुट्याउन
मेरो दिमागलाई गाह्रो परिरहेको थियो ।

म चढिरहेको बस गैँशालामा आएर रोकियो , मान्छे चढाउन र ओराल्नको लागी ।

त्यहि बेला एकदमै

मैलो लुगा लगाएका तिनजना तराई

मुलका महिलाहरू म चढेको बस भएतिर आए ।
ती मध्य एउटीले मैलो कपडाले
बेरेको एउटा पोको बोकेकी थिईन ।
बसको सहचालक एउटा 12 - 13 बर्षको फुच्चे
थियो । तीन महिलामध्य एउटीले बस कहाँ जाने
हो भनेर सहचालकलाई सोध्दै थिईन् । तर
त्यो फुच्चे उनिहरुलाई बेवास्था गर्दै थ्यो ।
सायद त्यो सहचालक ती महिलाहरु बसमा नचढून
भन्ने चाहानथ्यो ।

नत्र त मान्छे चढाउन ट्राफीक र ट्राफिक
नियमलाई कुल्चिन बेर नलगाउने चालक र
सहचालकहरु ती महिलाहरुलाई बेवास्था किन गर्थे र ?

सार्वजनिक बसमा सबैको साझा अधिकार हुन्छ ।
कोहि कालो या महिलो भयो भन्दैमा बसमा नचढाउने
सबालै उठ्दैन नि , म यहि सोच्दै थिए । तर जे
सोचेपनि एउटा खुल्दुली मेरो मनमा के
थियो भने ,यदि ती महिलाहरु बस चढे र म भएकै सिटमा बस्न आए भने मैले बाँकि यात्रा नहल्लिकन बसेर बिताउनु पर्नेछ ।
किनभने दुईजना बस्न मिल्ने सिटको झ्याल
पट्टि म एक्लै बसेको थिए र अरु एक जना बस्न
मिल्ने ठाउँ बाँकि थ्यो र ती महिलाहरु साँच्चैनै
फोहरी थिए ।

सहचालकलाई पटक पटक
सोद्धा पनि बेवास्ता गरेपछि ती महिलाहरु त्यो फुच्चेलाई के के भन्दै मरी मरी सराप्न लागे
ठूलो ठूलो आवाजले ।

त्यो दृश्यपछि मेरो मनमा के कुरा खेल्न
थाल्यो भने ती महिलाहरु गरीब भएका कारण
हेपिएका हैनन् । किनभने सार्बजनिक बसमा चढ्ने
सबै धनी हुन्छ भन्ने नै कहाँ छ र? अघि त्यो फुच्चे
सहचालकले गरेको जस्तो व्यबहार फेरी अरुले
उनिहरुलाई नगर्ला भन्ने ठाउँ नै छैन । किन भने
उनिहरुमा गरीबि भन्दा नि ठूलो अर्को समस्या छ;
दरिद्रता ।

गरिब भएर दरिद्र भए
कि दरिद्रका कारण गरिब भए त्यो त मलाई
थाहा छैन । तर एउटा कुरा के चाहिँ म ठुक्कसँग
भन्न सक्छु भने जबसम्म उनिहरुबाट
दरिद्रता हट्दैन तब सम्म उनिहरु गरीब नै
हुन्छन् ।
गरीब भए ,लुगा राम्रो लाउन सकेनन् ,दुई छाकको सट्टा एक छाक मात्र खान पाए त के भो , सफा त रहन सक्थे नि । च्यातएकै लुगालाई पानीले मात्र धोएर भएपनि लगाउन सक्थे नि । आफु गरीब छु भनेर सबै लथालिङ्ग छाडनु त राम्रो होईन नि ।

यस्तै यस्तै सोच्दै थिए , बस कोटेश्वर आईपुगेछ । झ्यालबाट बाहिर हेर्दै थिए ,एउटा भक्तपुर जाने बस छेउमै आएर रोकियो । त्यस्को सबै सिटहरु भरिएको थियो । भक्तपुरको बस कुरेर बस्ने एक हुल मान्छेको भीड तछाड मछाड गर्दै बसतिर दौडेर आए । बसको झ्यालबाट हेर्दै बसेको म मन मनै हाँस्दै सोच्दै थिएँ , उनिहरु त्यस्तरी कुद्नुको कारण यति थियो कि उनिहरु बसमा आफ्नो खुट्टा अट्ने ठाउँ सुरक्षित गर्न सकुन्