Saturday, January 18, 2014

GAZAL

गजल

डराएर काँपीस् , तेरो खेल सक्यो ।
ज्युँदो लाशझैं बाँचीस् , तेरो खेल सक्यो ।।


प्रतिक्षाको फल , मीठो हुनेथियो
पहिलेनै आतीइस् , तेरो खेल सक्यो ।।

हार पछी जीत , सुनिस्चित थियो .
पहिलो हार मै आतीइस् , तेरो खेल सक्यो ।।

के आर्थ त्यो जोश को , देशमा काम नआए ?
बिदेश्मै खर्चीस् , तेरो खेल सक्यो ।।

स्याल हुन्छन् अचेल , बाघको भेशमा
सुन्दर रूपमा लोभिइस् , तेरो खेल सक्यो ।।

© आचार्य अनपेचित

Saturday, Jan 18
facebook.com\anupacharyaa